प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सांसदहरू राजेन्द्र बजगाईँ, राजेन्द्रकुमार केसी, महेशकुमार बर्तौला, रञ्जुकमारी झा, रामकृष्ण यादव, पूर्णबहादुर घर्ती, विमला सुवेदी, प्रेम सुवालले भाग छलफलमा लिएका थिए ।

मन्त्री चौरसियाले विधेयकको प्रस्तावमा गरिएको व्यवस्थाबाट प्रचलित कानूनमा रहेको प्राविधिक त्रुटि सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास, सुशासनको प्रत्याभूति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पूरा गर्न टेवा पुग्ने अपेक्षा गरेको बताए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : ४० बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स