प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।

कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सांसदहरू राजेन्द्र बजगाईँ, राजेन्द्रकुमार केसी, महेशकुमार बर्तौला, रञ्जुकमारी झा, रामकृष्ण यादव, पूर्णबहादुर घर्ती, विमला सुवेदी, प्रेम सुवालले भाग छलफलमा लिएका थिए ।

मन्त्री चौरसियाले विधेयकको प्रस्तावमा गरिएको व्यवस्थाबाट प्रचलित कानूनमा रहेको प्राविधिक त्रुटि सुधार हुनुका साथै नेपालको दिगो तथा सन्तुलित विकास, सुशासनको प्रत्याभूति, वातावरण संरक्षण र नागरिकमैत्री शासन कायम गर्ने राज्यको उद्देश्य पूरा गर्न टेवा पुग्ने अपेक्षा गरेको बताए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : ४० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार