तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा « Khabarhub

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) क्याले ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ ।

क्यानले बोलाएका ३२ खेलाडिमा मोहम्मद आदिल आलम पनि छन् । आदिल करिब ३ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा बोलाइएका हुन् ।

आदिल नेपाल टी-ट्वान्टी लिगमा म्याच फिक्सिङको आरोपमा प्रतिबन्धित भएका थिए । उक्त आरोप प्रमाणित नभएपछि प्रतिबन्ध फुकुवा भएका आदिल पहिलो पटक प्रारम्भिक टोलीमा बोलाइएका हुन् ।

यस पटक यु-१९ का युवराज खत्रीले पनि प्रारम्भिक टोलीमा ठाउँ पाएका छन् । उता अभिनाश बोहोराले भने ३२ सदस्यीय टोलीमा ठाउँ पाएनन् ।

नेपालले छनोट प्रतियोगिता अन्तर्गत पहिलो चरणको प्रतिस्पर्धामा कुवेत र जापानको सामना गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा छन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा बाडिएको छ । समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् । त्यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओ छन् ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ । ओमान जानुअघि नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको ट्वान्टी–२० शृंखला खेल्ने छ ।

बन्द प्रशिक्षण डाकिएका
रोहित पौडेल, कुशल भुर्तेल, अनिल साह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमल सिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर, अर्जुन घर्ती ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ०३ बजे

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा