स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै  | Khabarhub Khabarhub

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै स्थानीय तहलाई स्वास्थ्य बिमा बोर्डले आग्रह गरेको छ । 

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सबै स्वास्थ्य बिमाको प्रथम विन्दु भएर स्वास्थ्य सेवा दिन चाहने स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूले जानकारी गराउन आग्रह गरेको हो । साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्र प्रथम सेवा विन्दु तोकेपछि बीमितहरूलाई समस्या हुने गुनासो आए पछि बोर्डले आज यस्तो सूचना प्रकाशन गरेको हो । 

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन, २०८२) को दफा ९ को उपदफा (६) बमोजिम प्रथम सेवा विन्दु प्रयोजनकालागि प्रत्येक स्थानीय तहमा कम्पनीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था रहेको छ । 

‘सोही व्यवस्थाबमोजिम स्थानीय तहअन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो र प्रथम सेवा विन्दुमा लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा बीमा बोर्डलाई जानकारी गराउन हुन निर्णय अनुसार अनुरोध गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ। 

बोर्डले साउन १ गते देखि सरकारी स्वास्थ्य संस्थाहरूलाई मात्र प्रथम सेवा विन्दु राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : १४ बजे

‘सिनो भइसकेको शेयर बजार र घरजग्गा कारोबारले अर्थतन्त्रलाई कहिँ लैजाँदैन’

काठमाडौं– गभर्नर डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकमा जानुअघि विभिन्न

नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण

दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका दुईमन्त्रीहरु घुस डिल

अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त

काठमाडौं – दक्षिण अफ्रिकी राष्ट्रपति किरिल रामाफोसाले सङ्गठित अपराधमा संलग्न