वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ : शक्ति बस्नेत « Khabarhub

वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ : शक्ति बस्नेत


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, विकास निर्माण लगायत सवैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।

वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारबाही प्रति जबाफदेही समेत नदेखिएको उनले बताए । बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभई अनियमितताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरूको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गरे । 

उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मूर्खता हुनेजस्तो देखिएको समेत बताए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ३७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको