काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र « Khabarhub

काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

उपप्रमुख सुनिता डङ्गोलले आइतबार महानगरको १७ औँ नगरसभा अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गरिन् । बजेटमार्फत पूर्वाधार निर्माण, सामाजिक विकास, स्वरोजगार सिर्जना, सम्पदा संरक्षण र सफाइ तथा वातावरणीय सुधारलाई प्राथमिकता दिइएको छ ।

उपप्रमुख डङ्गोलले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी १२ अर्ब ८० करोड रुपैयाँ कुल बजेटको ५१ प्रतिशत पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको छ । सडक, ढल, सार्वजनिक भवन, खानेपानी र यातायात व्यवस्थापन जस्ता विषय बजेटको प्राथमिकतामा परेको छ ।

कुल बजेटको २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड रुपैयाँ सामाजिक क्षेत्रमा विनियोजन गरिएको छ । सामाजिक क्षेत्र अन्तर्गत विद्यालय सुधार, स्वास्थ्य सेवा विस्तार, महिला र युवा लक्षित स्वरोजगार कार्यक्रम तथा ‘एक वडा, एक उद्यम’ जस्ता कार्यक्रम छन् ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजित छ । राजस्व सङ्कलन प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गरिने, व्यवसाय स्थलमै पुगेर समन्वय गरिने र पौष मसान्तभित्र कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिइने व्यवस्था बजेटमा प्रस्ताव गरिएको छ ।

बहाल कर सङ्कलन एकद्वार प्रणालीबाट गर्न सङ्घीय सरकारसँग सहकार्य गरिने बजेटमा उल्लेख छ । प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोत तथा बैङ्क मौज्दातबाट २० अर्ब १२ करोड रुपैयाँ, सङ्घ र प्रदेश सरकारबाट अनुदान स्वरूप ४ अर्ब ९८ करोड रुपैयाँ र अन्य ६५ करोड रुपैयाँ बाह्य व्ययभार रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ४६ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र