वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान | Khabarhub Khabarhub

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार उक्त आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको हो । ऊर्जासचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) कृष्णप्रसाद आचार्यलाई अनुमति पत्र हस्तान्तरण  गरे ।

सचिव आचार्यले आयोजना निर्माणको कामलाई समयमै सम्पन्न गर्न आग्रह गरे  । वर्षौंदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अगाडि बढ्न नसकेर उत्पादक, लगानीकर्ता र सञ्चयकर्ताहरू निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

अनुमति पत्र प्रदान कार्यक्रममा मन्त्रालयका सहसचिव, विद्युत् विभागका महानिर्देशकका साथै प्रतिनिधिसभा सदस्य हृदयराम थानी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

उत्पादन अनुमति पत्र ग्रहण गर्दै कम्पनीका सिइओ आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान गर्दै अनुमति दिन महत्त्वपूर्ण भूमिका खेल्नुभएकामा ऊर्जामन्त्री, सचिवलगायत लगानी बोर्डलाई धन्यवाद दिए । उनले आयोजनालाई निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानीसहित कुल लागत करिब ९३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी र २५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको लगानी रहनेछ । रासस

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ४३ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने