गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा « Khabarhub

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ ।

सङ्घले आइतबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ ।

सङ्घले सदस्यता सूचना प्रणाली (एमआइएस) प्रणालीमार्फत सदस्यता वितरण भइरहेको र हालसम्म ७२ हजार सदस्य बनिसकेका जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले लगभग पाँच हजार सदस्यको सदस्यता स्वीकृत हुन बाँकी रहेको बताए । उनले भने, ‘जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन् ।  विभिन्न देशमा अझै सदस्यता थप्ने कार्य जारी छ र यो सङ्ख्या अझ बढ्दै छ ।’

अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मा राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म १५ एनसिसीको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । उनले बाँकी देशमा अधिवेशन हुने क्रममा रहेको  र विधानतः जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यात्मक प्रावधान रहेको उल्लेख गरे ।

एनसिसीको अधिवेशनले १२औँ महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने अवगत गराउँदै अध्यक्ष केसीले त्यसका लागि अन्तरराष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको बताए ।

अन्तरराष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल) को  तीन महिना मात्रै बाँकी रहेको जिकिर गर्दै उनले सङ्घले स्थापनाकालदेखिका मुद्दालाई मुखरित गर्न नछाडेको उल्लेख गरे । सङ्घले हालको कार्यकालमा रु चार करोडभन्दा बढी रकम विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको जनाएको छ ।

यसैगरी, वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीको हितमा सङ्घले भूमिका निर्वाह गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ४६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम