स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो « Khabarhub

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा डढेलोको प्रकोप पनि त्यत्तिकै छ। तापक्रम बढेर ४० डिग्री सेल्सियस नाघेको छ।

इटाली, फ्रान्स, स्पेन र पोर्चुगल लगायत बलाकन क्षेत्रमा डढेलोको प्रकोप बढेको हो। स्पेनको मौसम विभागले सेभिया र कोरडोबामा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्नसक्ने पूर्वानुमान गरेको छ। दक्षिणी पोर्चुगलमा ४४ डिग्री सेल्सियससम्म पुग्न सक्ने छ।

स्पेनको इक्वेसिट्रयन क्षेत्रमा केही व्यक्तिको गर्मीकै कारण ज्यान गएको छ। स्पेनका राष्ट्रपति पेड्रो साँचेजले उद्धार टोलीले काम गरिरहेको बताएका छन्। स्पेनको उत्तर पश्चिम क्षेत्रमा चार हजार मानिस विस्थापित भएका छन्। उक्त क्षेत्रका ३० स्थानमा आगलागी हुँदा धेरै मानिस विस्थापित भएका हुन्।

युनेस्कोको सूचीमा रहेको लास मेडुलास लगायत स्थान जोखिममा छन्। त्यहाँ पुराना सुनको खानी रहेको अपेक्षा गरिएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

दक्षिणी प्रान्त एन्डालुसियाको पर्यटकीय केन्द्र टारिफाबाट दुई हजार जना विस्थापित भएका छन्। सैन्य आपत्कालीन निकायले मंगलबार दिएको जानकारी अनुसार यसरी जङ्गलमा डढेलोको सामना गर्न एक हजार सैनिक खटाइएको छ।

पोर्चुगलमा पनि तीन क्षेत्रमा ठुलो डढेलो लागेको छ। उक्त क्षेत्रमा आगो निभाउने प्रयास जारी छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : ५५ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक