धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ « Khabarhub

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

'धनुष मेरो लागि केवल एक राम्रो साथी हुन्'


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार धनुषको सम्बन्धबारे पहिलो पटक मृणालले औपचारिक रूपमा स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जाल र मिडियामा उनीहरूको डेटिङको चर्चा चुलिरहेको बेला मृणालले पहिलो पटक यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

ओनली कोलिउड को अन्तर्वार्तामा अभिनेत्री मृणाल ठाकुरले स्पष्ट पार्दै भनेकी छन्, “धनुष मेरो लागि केवल एक राम्रो साथी हुन्।”

फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङ अघि मृणालले अभिनेता धनुषको आगामी फिल्म ‘तेरे इश्क में’ को र्याप पार्टीमा पनि सहभागिता जनाएकी थिइन्। यिनै घटनाले उनीहरूको नजिकतालाई थप चर्चा र उत्सुकताको केन्द्र बनाएको थियो। यी दुई कलाकारबीचको कुराकानी समेटिएका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए।

मृणालले धनुषकी बहिनीलाई इन्स्टाग्राममा फलो गरेपछि अफवाहमा अझै तातोपना थपिएको हो। धनुष १८ वर्ष लामो वैवाहिक जीवनपछि सन् २०२२ मा निर्देशक ऐश्वर्या राजिनीकान्तसँग अलग्गिएका छन् र उनीहरूको दुई छोराछोरी छन्।

धनुष र मृणाललाई बारम्बार एकै ठाउँमा देखिनु र धनुष फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा उपस्थितिले फ्यान र मिडियाको ध्यान आकर्षित गरेको हो। नायिका मृणालले यसबारे प्रष्ट पार्दै भनिन्, “धनुष ‘सन अफ सरदार २’ मा अभिनेता अजये देवगनको निम्तोमा सहभागी भएको हो , यसलाई गलत अर्थ नलगाउनुस्।”

यसरी, मृणाल–धनुषको सम्बन्धलाई लिएर चर्चा र अफवाहले सामाजिक सञ्जालमा तातो विषय बनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : २० बजे

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी :मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा