धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ « Khabarhub

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

'धनुष मेरो लागि केवल एक राम्रो साथी हुन्'


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार धनुषको सम्बन्धबारे पहिलो पटक मृणालले औपचारिक रूपमा स्पष्ट पारेकी छिन्। सामाजिक सञ्जाल र मिडियामा उनीहरूको डेटिङको चर्चा चुलिरहेको बेला मृणालले पहिलो पटक यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

ओनली कोलिउड को अन्तर्वार्तामा अभिनेत्री मृणाल ठाकुरले स्पष्ट पार्दै भनेकी छन्, “धनुष मेरो लागि केवल एक राम्रो साथी हुन्।”

फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङ अघि मृणालले अभिनेता धनुषको आगामी फिल्म ‘तेरे इश्क में’ को र्याप पार्टीमा पनि सहभागिता जनाएकी थिइन्। यिनै घटनाले उनीहरूको नजिकतालाई थप चर्चा र उत्सुकताको केन्द्र बनाएको थियो। यी दुई कलाकारबीचको कुराकानी समेटिएका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए।

मृणालले धनुषकी बहिनीलाई इन्स्टाग्राममा फलो गरेपछि अफवाहमा अझै तातोपना थपिएको हो। धनुष १८ वर्ष लामो वैवाहिक जीवनपछि सन् २०२२ मा निर्देशक ऐश्वर्या राजिनीकान्तसँग अलग्गिएका छन् र उनीहरूको दुई छोराछोरी छन्।

धनुष र मृणाललाई बारम्बार एकै ठाउँमा देखिनु र धनुष फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा उपस्थितिले फ्यान र मिडियाको ध्यान आकर्षित गरेको हो। नायिका मृणालले यसबारे प्रष्ट पार्दै भनिन्, “धनुष ‘सन अफ सरदार २’ मा अभिनेता अजये देवगनको निम्तोमा सहभागी भएको हो , यसलाई गलत अर्थ नलगाउनुस्।”

यसरी, मृणाल–धनुषको सम्बन्धलाई लिएर चर्चा र अफवाहले सामाजिक सञ्जालमा तातो विषय बनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : २० बजे

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर