बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार « Khabarhub

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नम्बर २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ ।

वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ । बिजुली विस्तार गर्न बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने साउदले बताए ।

शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । गाउँमा बिजुली बलेसँगै अन्न कुट्नेपिस्ने मिल सञ्चालन भएका छन् ।

शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ३६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३