बागलुङमा बर्खेजात्राको रौनक « Khabarhub

बागलुङमा बर्खेजात्राको रौनक


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुल्जार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रुपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ ।

नेवारी समुदायको लोपोन्मुख संस्कृतिका रुपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरु थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खेजात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् ।

बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खलःको आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खेजात्रा सञ्चालन गरिएको छ ।

नेवारी संस्कृति संरक्षणमा कठिन भए पनि युवापुस्ताको सक्रियतामा बर्खे जात्रालाई निरन्तरता दिइरहेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताए । ‘केही खर्चिला नागनागिनी, शिखारी र थेतर नाच लोप भइसके तर अन्य नाचलाई निरन्तरता दिएका छौँ’, भारीले भने, ‘युवा पुस्तालाई सक्रिय बनाउदा सहज भएको छ, नत्र खर्च र व्यवस्थापनका हिसाबले निकै समस्या छ, संस्कृतिको संरक्षणमा नेवारी समुदाय एकजुट बनेको छ ।’

१८४३ साल अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताए । ‘शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे अर्थात बर्खेनाच संरक्षित छन्’, उनले भने, ‘नेवार जातिका कला संस्कृतिअन्तर्गत धेरै नाच आर्थिक हिसाबले खर्चिला छन्, जुन बचाउनै गाह्रो छ, युवा पुस्ताको चासो भएकाले सहज भएको मात्रै हो ।’

बर्खेजात्राका कारण बागलुङ बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले बजेट अभावले तीन वर्षमा देखाउने हनुमान नाच नौ वर्षमा देखाइएको बताए । पछिल्लो समय युवाले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुनःदेखाउन थालिएको उनको भनाइ थियो । नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिले रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई भदौरे नाच भन्ने गरिएको छ ।

नेपाल भाषा मंका खलले संयोजन गरे पनि जोगी नाच शाक्य कल्याण समाजको अगुवाइ, कटुवाल, घोडा र रोपाइँ नाच नेवा ल्याम्ह पुचको सक्रियतामा देखाइँदै आएको छ ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । वर्खामा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बन्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिएको छ । (रासस)

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : ०३ बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र