ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड « Khabarhub

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले एक वर्षमा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो वर्षको तुलनामा १.१० प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको प्रतिशेयर आम्दानी १८ पैसाले बढेर १६ रुपैयाँ २८ पैसामा आएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको बैंकको खराब कर्जा ४.८७ प्रतिशत पुगेको छ । 

गत आर्थिक वर्षमा बैंकले ५ खर्ब ५० अर्ब ६३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तिय विवरणमा उल्लेख छ । 

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा २९ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ०५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट