ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड « Khabarhub

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले एक वर्षमा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो वर्षको तुलनामा १.१० प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको प्रतिशेयर आम्दानी १८ पैसाले बढेर १६ रुपैयाँ २८ पैसामा आएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको बैंकको खराब कर्जा ४.८७ प्रतिशत पुगेको छ । 

गत आर्थिक वर्षमा बैंकले ५ खर्ब ५० अर्ब ६३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तिय विवरणमा उल्लेख छ । 

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा २९ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको