विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का  « Khabarhub

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण  लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवमा मङ्गलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

‘कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रसारण लाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ’, उने भने । उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा उर्जा क्षेत्रलाई लिएको बताए । १० वर्षका लागि उर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको बताए ।

मन्त्री खड्काले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार उर्जा विकासमा लागिरहेको स्पष्ट पारे ।

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे ।

उर्जा सचिव एवम् राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रुपमा विकास गरी देशको उर्जा आपूर्ति र उर्जा व्यापारको सशक्त संवाहक बनाउन जरुरी रहेको बताए ।

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ०८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’