१० वाणिज्य बैङ्कको वित्तीय विवरण : खराब कर्जा घटेसँगै नाफामा वृद्धि « Khabarhub

१० वाणिज्य बैङ्कको वित्तीय विवरण : खराब कर्जा घटेसँगै नाफामा वृद्धि


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबारसम्म १० वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बैङ्कहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार सबै बैङ्कको वित्तीय अवस्थामा सुधार देखिएको छ । कर्जा सङ्कलनमा आक्रामक बन्दा बैङ्कहरूको खराब कर्जा पनि घटेको छ ।

त्यसको असर बैङ्कहरूको नाफामा परेको हो । अधिकांश बैङ्कहरूले गत आर्थिक वर्षमा नाफा कमाएका छन् ।

बढी नाफामा नबिल, वृद्धिमा कुमारी

बैङ्कहरूले सार्वजनिक वित्तीय विवरण अुनसार अहिलेसम्म सबैभन्दा बढी खुद नाफा नबिल बैङ्कले कमाएको देखिएको छ ।

गत आर्थिक वर्ष ०८१/८२ मा नबिल बैङ्कको नाफा सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आव ०८०/८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत वर्षको तुलनामा नाफा वृद्धि हेर्दा कुमारी बैङ्क अघि देखिएको छ । गत आवमा कुमारी बैङ्कले ४५ हजार ८२९ प्रतिशत नाफा वृद्धि गरेको थियो ।

बैङ्कले गत आवमा दुई अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा भने ४६ लाख रुपैयाँ मात्र खुद नाफा बैङ्कले कमाएको थियो ।

एभरेष्ट बैङ्कको चार अर्ब ९२ करोड रुपैयाँ, हिमालयन बैङ्कको एक अर्ब ५१ करोड रुपैयाँ, कृषि विकास बैङ्कको ३ अर्ब ८२ करोड रुपैयाँ, सानिमा बैङ्कको दुई अर्ब ५७ करोड रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै, सिद्धार्थको तीन अर्ब ४० करोड, एनआइएमबीको तीन अर्ब २८ करोड, माछापुच्छ्रेको दुई अर्ब एक करोड, सिटिजन बैङ्कको एक अर्ब २९ करोड, हिमालयन बैङ्कको एक अर्ब ५१ करोड रुपैयाँ नाफा रहेको छ ।

एभरेष्ट बैङ्कको खराब कर्जा कम, हिमालयनको बढी

वित्तीय विवरण अनुसार १० बाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैङ्कको ०.३८ प्रतिशत देखिएको छ । सबैभन्दा बढी हिमालयन बैङ्कको ७.२८ प्रतिशत छ ।

त्यस्तै, कृषि विकास बैङ्कको ३.२६ प्रतिशत, सानिमाको १.२१ प्रतिशत, नबिल बैङ्कको ४.२७ प्रतिशत, सिद्धार्थको २.६२ प्रतिशत, एनएमबी बैङ्कको ३.७२ प्रतिशत खराब कर्जा देखिएको छ ।

त्यस्तै, माछापुच्छ्रेको बैङ्कको ३.८३ प्रतिशत, सिटिजनको ४.९४ प्रतिशत र कुमारी बैङ्कको ६.४२ प्रतिशत खराब कर्जा देखिएको छ ।

प्रतिशेयर आम्दानीमा एभरेष्ट अगाडि

१० वाणिज्य बैङ्कमध्ये प्रतिशेयर आम्दानीमा एभरेष्ट बैङ्क अगाडि छ । एभरेष्टको यस्तो आम्दानी ३७.९९ रुपैयाँ छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी हिमालयन बैङ्कको (६ रुपैयाँ ९८ पैसा) छ ।

त्यस्तै, एनएमबी बैङ्कको १७.८७ रुपैयाँ, माछापुच्छ्रे बैङ्कको १७.३१ रुपैयाँ, कुमारी बैङ्कका ८.०७ रुपैयाँ, सिद्धार्थ बैङ्क २४.१० रुपैयाँ र कृषि विकास बैङ्कको २७.६३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।

सिटिजन्स बैङ्कको प्रतिशेयर आम्दानी घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ भने सानिमा बैङ्कको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ र नबिल बैङ्कको २६.३४ रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थमा एभरेष्ट बैङ्क अगाडि

गत आर्थिक वर्षमा वित्तीय विवरण सार्वजनिक गरेका १० वाणिज्य बैङ्कहरूमध्ये एभरेष्ट बैङ्कको प्रतिशेयर नेटवर्थ सबैभन्दा बढी देखिएको छ । एभरेष्टको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, नबिल बैङ्कको २३५.५८ रुपैयाँ, सानिमा बैङ्कको १६८.८३ रुपैयाँ, सिटिजन्स बैङ्कको १५५४२ रुपैयाँ, कृषि विकास बैङ्कको २४१.०४ रुपैयाँ र सिद्धार्थ बैङ्कको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ ।

एनएमबी बैङ्क १८०.६८ रुपैयाँ, हिमालयन बैङ्कको १७५.०७ रुपैयाँ, कुमारी बैङ्कको १४२.१९ रुपैयाँ र माछापुच्छ्रे बैङ्कको १६३.८ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ३२ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको