मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी « Khabarhub

मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कडा चेतावनी दिएका छन्‌ । घृणा र हिंसा फैलाउनेहरूलाई आफ्नो देशमा कुनै ठाउँ रहेको भन्दै कार्नीले अपराधीमाथि कारबाही हुने बताएका हुन्‌ ।

विद्युतीय सामाजिक सञ्जाल एक्समा कार्नीले लेखेका छन्‌, ‘सोमबार एक बसमा यात्रारत मुस्लिम महिलामाथि हमला भएको छ । हमलाकारीले धम्की र गालीगलौज दिएको छ । यसका लागि अपराधीविरुद्ध कारबाही हुनुपर्छ ।’

पीडितप्रति आफूहरूको संवेदना रहेको बताउँदै कार्नीले आफ्नो देशमा काम र स्कूल जाने समयमा कोही पनि असुरक्षित नहुनुपर्ने जनाएका छन्‌ ।

क्यानडा मुस्लिम एसोसिएशनले आफ्नो फेसबुक पोस्टमा लेखेको छ, ‘मोर्गन ग्रान्ट क्षेत्रमा जाने बसमा ११ अगस्टका दिन एक महिलामाथि कुटपिट भएको छ । ती महिला हिजाब (टाउनको छोप्न मुस्लिम महिलाहरूले लगाउने पोशाक) मा थिइन्‌ ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन