मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी « Khabarhub

मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कडा चेतावनी दिएका छन्‌ । घृणा र हिंसा फैलाउनेहरूलाई आफ्नो देशमा कुनै ठाउँ रहेको भन्दै कार्नीले अपराधीमाथि कारबाही हुने बताएका हुन्‌ ।

विद्युतीय सामाजिक सञ्जाल एक्समा कार्नीले लेखेका छन्‌, ‘सोमबार एक बसमा यात्रारत मुस्लिम महिलामाथि हमला भएको छ । हमलाकारीले धम्की र गालीगलौज दिएको छ । यसका लागि अपराधीविरुद्ध कारबाही हुनुपर्छ ।’

पीडितप्रति आफूहरूको संवेदना रहेको बताउँदै कार्नीले आफ्नो देशमा काम र स्कूल जाने समयमा कोही पनि असुरक्षित नहुनुपर्ने जनाएका छन्‌ ।

क्यानडा मुस्लिम एसोसिएशनले आफ्नो फेसबुक पोस्टमा लेखेको छ, ‘मोर्गन ग्रान्ट क्षेत्रमा जाने बसमा ११ अगस्टका दिन एक महिलामाथि कुटपिट भएको छ । ती महिला हिजाब (टाउनको छोप्न मुस्लिम महिलाहरूले लगाउने पोशाक) मा थिइन्‌ ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : २२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२