डा. रामेश कोइरालाले अमेरिकाबाटै त्यागे गंगालाल हृदय रोग केन्द्रको विभागीय प्रमुख पद « Khabarhub

डा. रामेश कोइरालाले अमेरिकाबाटै त्यागे गंगालाल हृदय रोग केन्द्रको विभागीय प्रमुख पद


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन तथा कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

हाल अमेरिकामा रहेका डा. कोइरालाले केन्द्रका कार्यकारी निर्देशकलाई पठाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसक्ने उल्लेख गरेका छन्।

उनले विदेशमा रहेका कारण मिति १६ अक्टोबर २०२५ (असोज ३०) अघि नेपाल फर्कन नसक्ने भएकाले उक्त मितिबाट राजीनामा लागू हुने गरी स्वीकृत गर्न आग्रह गरेका छन्।

पत्रमा डा. कोइरालाले आफ्नो कार्यकक्षमा व्यक्तिगत सामानबाहेक कुनै जरुरी वा गोप्य कागजात नरहेको उल्लेख गर्दै हस्तान्तरणसम्म पर्खन अनुरोध गरेका छन्।

२५ वर्षको सेवाकाल सम्झँदै उनले केन्द्रको प्रगति र भावी योजनाप्रति विश्वास व्यक्त गरेका छन्।

‘संघीय सरकारले यस केन्द्रलाई ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा बिस्तार गर्ने सपना पुरा हुनेछ भन्नेमा म ढुक्क छु,’ पत्रमा उनले उल्लेख गरेका छन्।

डा. कोइरालाले आगामी दिनमा पनि केन्द्रका लागि सल्लाह–सुझावका हिसाबले उपलब्ध हुने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ३८ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक