ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई « Khabarhub

ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ हवाइ भाडा बुझाएको छैन । ओम्नी ग्रुपले कोभिड महामारीको समयमा चीन उडानको क्रममा निगमको जहाज चाटर्ड फ्लाइट गरेर अहिलेसम्म हवाइ भाडा नतिरेको हो ।

वायुसेवा निगमले ओम्नी र नेपाल सरकारको नाममा वि.सं. २०७६ चीन (कोभिड) शीर्षकमा १ करोड ९४ लाख बक्यौताको अभिलेख राखेको छ ।

तत्कालीन केपी ओली नेतृत्व सरकार मातहतको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले औषधी तथा मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको थियो ।

 सोही निर्णयअनुसार मेडिकल सामग्री  खरिद प्रक्रियामा सहभागी भएको ओम्नी ग्रुपले २०७६ चैत १५ गते निगमको जहाज चार्टर उडान गरिएको थियो । 
सो उडानमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जमानी बसेका थिए ।

तत्कालीन सरकारसँगको सेटिङमा बजार मूल्य भन्दा महँगोमा मेडिकल सामग्री खरिदको आरोप समेत ओम्नी ग्रुपलाई लागेको थियो ।

वायुसेवा निगमले ओम्नी ग्रुप बाहेक सन् २००५ को समयको तत्कालीन सरकार प्रमुखसँग चार करोड ८७ लाख, सन् २०२२ मा पाकिस्तान बाढी राहत सामग्रीको पुर्याउन जाँदा एक करोड १४ लाख र सन् २०२३ मा इजरायल–गाजा युद्ध उद्धार उडानको पाँच करोड ७८ लाख गरी १३ करोड ७३ लाख रुपैयाँ सरकारसँग बक्यौता रहेको अभिलेख राखेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ५० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण