‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष  « Khabarhub

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक शौचालय भन्ने  बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्ने बित्तिकै नाक थुन्नुपर्ने पनि हुनसक्छ । 

अर्कोतर्फ, यस्ता शौचालयमा फरक क्षमता (अपाङ्गता), स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पना बाहिर । तर आजदेखि कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा ती सुविधा  छन् । 

उपत्यका बाहिरिन र भित्रिन सधैँ काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र ढुङ्गेअड्डामा सधैँ भीडभाड हुने गर्दछ । यात्रु, सर्वसाधारण तथा बटुवाले सार्वजनिक शौचालयका अभावमा अत्यन्त सकस खेप्दै आएका थिए ।  

चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि–१५ को सहजीकरण तथा एरोसान सस्टेनेवल स्यानिटेशनको करिब रु एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुईआना जमिनमा बनेको हो । यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ । 

शौचालयमा रोग सङ्क्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नानकक्ष र महिलाको लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालनमा आएको हो । 
 
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेवल स्यानिटशनेसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए।  

चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वधारणाको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वधारणाको हक समेत रहेको हुँदा एरोसान सस्टेनेवल स्यानिटेशनसँगका सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताए। 

उनले भने, “सर्वसाधारणले फोहर फाल्दै आएका स्थानलाई उपयोग गरेर  शौचालय बनाइएको र यसले ओगटेको क्षेत्र बाहिर हरियाली उद्यान बनाइने छ ।”  

शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लाण्ट, आकाशेपानी सङ्कलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेवल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिए । 

नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व प्रकाशचन्द्र अमात्य अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो । उनी एसोसान नेपालका संस्थापक अध्यक्ष समेत थिए।  

एरोसान सस्टेनेवल स्यानिटेशनले काठमाडौँ र ललितपुर महानगरपालिकासँगका सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितकोे नौवट ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको