विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री « Khabarhub

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।  

स्वावलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठूला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताए। 

 उनले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गरे। 

कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो । 

यसैगरी मन्त्री गुरुङले दुई लाख राशिको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहेका सांसद योगेन्द्र मण्डललाई प्रदान गरे । 

सोही अवसरमा जनही ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।  
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ४८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी