प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता « Khabarhub

प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।

काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ । धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैकिंङ कसुर पहिलो नम्बरमा रहेको छ भने त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

अपराधका घटना बढ्दै गए पनि जनशक्ति भने अपुग रहेको उनले बताए । काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए । उgले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको उल्लेख गरे  ।  

त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ । स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ । 

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : २७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी