बालेन अवतारमा माड्साव, ‘सिंहदरबार जलाइदिन्छु, भरे राति स्टाटस लेखिदिन्छु’ « Khabarhub

बालेन अवतारमा माड्साव, ‘सिंहदरबार जलाइदिन्छु, भरे राति स्टाटस लेखिदिन्छु’


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति साउन २३ गतेदेखि ४ दिन (साउन २७) सम्म काठमाडौं प्रज्ञा भवनमा देखाएको छ ।

‘८२ सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रममा यो समूहले दर्शकहरूलाई भरपूर हँसायो । यो समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत कटाक्ष र व्यंग्य कस्यो । ‘प्रधानमन्त्रीको बेडरुममा विचौलिया’ शीर्षकको प्रहसन हेरेर राजनीतिज्ञ समेत पेट मिचिमिची हाँसे ।

यस गाईजात्रे कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुवोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल ‘माड्साव’, सन्देश सुवेदी र कल्पना खतिवडालगायतले जमेर हँसाए ।

गजुरेलको गाईजात्रे टोलीमा जोडिएका अधिकांश कलाकार कमेडीमा जमेर यसैलाई मूल कर्मथलो बनाएहरू थिए । तीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको भूमिकामा देखिएका ‘माड्साव’ पेशाले मुलत: शिक्षक हुन् ।

उनी काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयमा पढाउँछन् । उक्त विद्यालयका विद्यार्थीहरूक एकजना प्रिय शिक्षक उनी शिक्षण पेशासँगै कार्टुनिस्टका रुपमा पनि परिचित छन् । उनले विभिन्न दैनिक पत्रिकाहरू र अनलाइनमा समेत कार्टुन बनाएर चर्चा कमाएका छन् ।

मिजासिला स्वभावका ‘माड्साव’ गजुरेल समूहको गाईजात्रे मञ्चमा गत वर्ष जस्तै यस पटक पनि महानगरका प्रमुख साहको अवतारमा देखिए । ‘प्रधानमन्त्रीको बेडरुममा विचौलिया’ शीर्षकको प्रहसनमा उनलाई बालेनको अवतारमा देख्न पाइन्छ ।

प्रज्ञा भवननको मञ्चचमा उनै मिजासिला ‘माड्साव’ मेयर साहको अवतरमा देखिँदा कडा शब्दसहित प्रस्तुत भए । उनलाई साथ दिन मञ्चमा तयार थिए मनोज गजुरेल र चक्र दवाडी

खरानी रंगको दौरासुरुवाल, कालोकोट, कालै चश्मा र कालो जुत्तामा सजिएर बालेनले र्‍याप हान्दा प्रयोग गरे जस्तै डाइलगसहित ‘माड्साव’ मञ्चमा देखिँदा दर्शकदीर्घबाट नेताहरूसहित वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलसहितका अतिथि मजाले हाँसे ।

शिक्षण, कार्टुनिस्टपछि हाँस्यव्यंग्यमा पनि आफूलाई स्थापित गराइरहेका उनले यस पटकको गाईजात्रामा मेयर बालेन्द्रको स्वरुपमा उत्रिँदै दर्शकलाई मज्जाले हँसाए । यस पटकको गाईजात्रामा उनको भूमिका छोटो भए पनि प्रभावकारी रहेको महसुस दर्शकले गरे ।

खासगरी सामाजिक सञ्जालहरूमा स्टाटस लेखिरहने र स्टन्ट गरिरहने बालेनको प्रवृत्तिमाथि माड्सावले कटाक्ष गरेका थिए । बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु भनेर फेसबुकमा लेखेको डाइलगाई माड्सावले गाईजात्रामा उतारे । उता महानगरको बैठकमा बसिसकेपछि राति कडा स्टाटस लेखेर पुराना दलका नेतामाथि आक्रमण गर्न बालेन प्रवृत्तिमाथि पनि माड्सावले व्यंग्य कसे ।

बालेन अवतरमा माड्सावका डाइलग

बालेन बनेर मञ्चतिर लम्किँदै माड्साव : यो… यो…
कार्यपालिका छ चोर नेताको गोजीमा
न्यायपालिका छ आफैं न्यायको खोजीमा
जताततै विचौलियाको राज कहिलेसम्म हँ
यी सबै नेक्ससलाई तोडिदिन्छु म

माड्साव : आज एक मिनेटमा सिद्याइदिन्छु म, के बुझ्नु भयो ?, मिटिङ !
मनोज गजुरेल र चक्र दवाडीतिर हेर्दै माड्साव : खै प्रधानमन्त्री ?
चक्र दवाडी : तल्लो पेट दुख्यो भनेर पल्लो बेडमा रेस्ट गर्दै हुनु हुन्छ ।
मनोज गजुरेल : हजुर केही सेवा थियो कि हजुर
माड्साव : हेर्दै मानव जातिको विकास क्रममा छुटेका प्रजाति जस्ता को हौ तिमीहरू ?
मनोज : हामी, हामी सहजकर्ता हौँ हजुर ।
माड्साव : सिधै विचौलिया भन्न, आलुको सहजकर्ता
मनोज : आलुको होइन सर ठालुको सहकर्ता
माड्साव : सुट अफ योर माउथ भन्देऊ तिमेरका प्रधानमन्त्रीलाई, महानगरमा तत्काल नयाँ कार्यकारी अधिकृत चाहियो ।
माड्सावतिर हेर्दै चक्र दवाडी : डिल डिल डिल डिल !
फेरि चक्र दवाडी : डिलामा जाऊँ न डिलमा
चक्र दवाडीलाई तानेर लैजाँदै माड्साव : के तँ मसँग डिलमा जाने, तँ मसँग डिलमा जाने आइज डिलमा
माड्साव : याद गर् आज दिनभरीमा मेरो काम भएन भने, भरे राति फेसबुकमा स्टाटस लेखिदिन्छु, तिमीहरूको सिंहदरबार र बालुवाटार एकसाथ जल्दा खेरि…
मनोज : जलाऊँ, जलाऊँ मेयर साव, जलाऊँ, बनाउने जिम्मा हामीले लिने हो, कस्तो राम्रो आइडिया जलाऊँ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : १८ बजे

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं