म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट « Khabarhub

म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

यङ्गुन- संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्मारको सेना (जुन्ता) द्वारा सञ्चालित हिरासत सुविधाहरूमा कुटपिट, बिजुलीको झट्का र सामूहिक बलात्कारसहित ‘व्यवस्थित’ यातना रेकर्ड गरेको बताएका छन् ।

सन् २०२१ को विद्रोहमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि म्यान्मार गृहयुद्धको चपेटामा परेको छ । यहाँ सेनाले प्रजातन्त्र समर्थक गुरिल्ला र जातीय सशस्त्र समूहहरूसँग लडिरहेको छ ।

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स मोनिटर समूहका अनुसार लडाइँसँगै दमनकारी कारबाही भएको छ जसमा करिब ३० हजार मानिस पक्राउ परेका छन् ।

म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) को एउटा प्रतिवेदनले ‘सोधपुछका क्रममा र हिरासत सुविधाहरूमा गम्भीर दुर्व्यवहार’ भएको पहिचान गरेको बताएको छ ।

लगभग छ सय प्रत्यक्षदर्शीको गवाहीमा आधारित मङ्गलबार जारी गरिएको आइआइएमएमको वार्षिक प्रतिवेदनमा लगाइएका आरोपहरूमा टिप्पणीका लागि जुन्तााका प्रवक्तासँग सम्पर्क हुन सकेन ।

‘यौन दासत्व’, ‘चुरोट वा जलेका वस्तुहरूले यौन अङ्गहरू जलाउने’, र चिम्टाले नङहरू निकाल्ने लगायत यातनाको ‘व्यवस्थित कार्यान्वयन’ भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले ‘दुईदेखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई प्रायः आफ्ना आमाबाबुको प्रतिनिधिका रूपमा हिरासतमा राखिएको’ सङ्केत गर्ने प्रमाण पनि फेला पारेको छ ।

“हिरासतमा लिइएका केही बालबालिकाहरू यातना, दुर्व्यवहार वा यौन तथा लैङ्गिक अपराधको सिकार भएका छन्”, प्रतिवेदनमा भनिएको छ ।

आइआइएमएमका प्रमुख निकोलस कौमजियानले सङ्गठनले ‘अत्याचारको आवृत्ति र क्रूरतामा निरन्तर वृद्धि’ देखेको तर ‘अपराधीहरूको पहिचानमा प्रगति’ गरेको बताए ।

“हामी त्यो दिनका लागि काम गरिरहेका छौँ जब अपराधीहरूले कानूनी अदालतमा आफ्नो कार्यका लागि जवाफ दिनुपर्नेछ”, उनले भने ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजकले निर्वाचित नेता आङ सान सुकीलाई अपदस्थ गरी जेल हाल्ने जुन्ता प्रमुख मिन आङ ह्लाइङका लागि गिरफ्तारी वारेन्टको अनुरोध गरिसकेका छन् ।

त्यो वारेन्ट अनुरोध सन् २०१७ मा म्यान्मारको रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाले गरेको कथित अत्याचारसँग सम्बन्धित छ ।

म्यान्मारको गृहयुद्धका सबै पक्षमाथि युद्ध अपराध गरेको आरोप लगाइएको छ र आइआइएमएम प्रतिवेदनले विपक्षी समूहहरूले बन्दीहरूलाई संक्षिप्त मृत्युदण्ड दिएको मुद्दाहरू पनि पहिचान गरेको बताएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : २१ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर