छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी « Khabarhub

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ बजेटसभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालबन्दी गरेका छन् ।

आर्थिक वर्ष २०८२र८३ को १७औँ बजेटसभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेण्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षले आज नगरपालिकामा तालबन्दी गरेका हुन् ।

वडा १४ अध्यक्षमध्ये तीन जना जिल्ला बाहिर भएका र नगरमा रहेका ११ जना वडाध्यक्षले प्रमुख विष्णुकुमार भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम काम नगरेको भन्दै अनिश्चितकालका लागि नगरपालिका तालबन्दी गरेको ११ जना वडाध्यक्षले गरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ कार्यालयमा जम्मा भएका ११ जना वडाध्यक्षले नगरपालिकाबाट अन्य पालिकामा सरुवा भई जाने वडा सचिवले वडा कार्यालयको सरुवा आर्थिक तथा भौतिक गतिविधि बरबजुवात नगराई मिलेमतोमा उनीहरूलाई रमान पत्र दिएकाले आव सुरू हुँदै गर्दा सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले यसको जिम्मेवारी स्वयं नगरपालिकाले लिनुपर्ने र वडाको दैनिक कामकाज सञ्चालन गर्न तत्काल करार कर्मचारीको व्यवस्था गर्नुपर्ने छायाँनाथ रारा नगरपालिका–२ का वडाध्यक्ष परेकराज चौलागाईंले बताए ।

यता प्रमुख विष्णुकुमार भामले कार्यविधिविपरीत कुनै पनि निर्णय नगरिएको जिकिर गरे । उनले भने , “मैले कुनै सभा र निर्णय जालझेल गरेको छैन, उहाँहरू (वडाध्यक्ष) आफैँले सभाहरूका निर्णयमा दस्तखत गर्नुभएको छ । सभामा आफैँ निर्णय गर्ने बाहिर आफैँ विरोध गर्ने के स्वार्थले यस्तो गरिरहनुभएको छ मलाई त अचम्म लागेको छ ।”

सभा सकिएको हप्ता दिन पछि जिल्लामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नभएका बेला निराधारा आरोप लगाएर ताला लगाउनु बेमौसमी बाजा भएको र सभामा गरेका र पास गरेका निर्णयमा गरेका दस्तखत र सभामा सहभागी भत्ता बुझेको भर्पाइ हेरे सबै छर्लङ्ग हुने नगरप्रमुख भामले बताए ।

मौखिक माग राखी वडाध्यक्षले कार्यालयका सबै कक्ष र शाखामा ताला लगाएकाले आज नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको र बिहीबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा आन्दोलनरत वडाध्यक्षसँग बसेर ताला खोल्ने र माग सम्बोधनबारे निकास खोजिने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : १० बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको