अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’ स्थापना « Khabarhub

अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’ स्थापना


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्ग रघुवामा ‘रोयल मदाने स्पोर्टस क्लब’को स्थापना गरिएको छ। सामुदायिक विकास, खेलकुद प्रवर्द्धन र सांस्कृतिक संरक्षणको उद्देश्यसहित क्लबको स्थापना गरिएको हो । क्लबको अध्यक्ष बाबुराम विश्वकर्मालाई तोकिएको छ ।

क्लबले खेलकुदमै मात्र सीमित नभइ सामाजिक सेवा, आपतकालीन सहयोग, स्थानीय परम्परा र संस्कृतिको संरक्षणमा समेत सक्रिय हुने योजना बनाएको छ। गाउँमा युवाको संलग्नता घट्दै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी सम्पूर्ण युवालाई एकै मञ्चमा ल्याउने क्लबको योजना छ ।

उक्त क्लबले गाउँमा लुकेर रहेका प्रतिभाशाली युवालाई पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरका प्रतियोगितामा पुर्‍याउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। “हाम्रो गाउँमा खेलकुद र संस्कृतिमा निकै सम्भावना छ, तर प्लेटफर्मको कमी छ। यो क्लब त्यस खालको अवसर सिर्जना गर्नेछ,” अध्यक्ष विश्वकर्माले भने। स्थानीय क्षेत्रमा बाढी, पहिरो वा अन्य प्राकृतिक विपत्ति, स्वास्थ्य संकटजस्ता अवस्थाहरूमा तत्काल उद्धारमा क्लब जुट्ने विश्वकर्माले जानकारी दिए ।

साथै आगामी दशैं पर्वलाई लक्षित गर्दै क्लबले विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। यसमा भलिबलसँगै, स्थानीय गीत–संगीत, नृत्य र परम्परागत प्रस्तुति समेत समावेश हुने बताइएको छ। आयोजकले यसलाई गाउँको सामाजिक एकता र रौनकको उत्सवका रूपमा लिने तयारी गरेको छ ।

स्थानीय बासिन्दाले पनि क्लबको स्थापना प्रति खुशी व्यक्त गर्दै यसले गाउँको विकासमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। अब ‘रोयल मदाने स्पोर्टस क्लब’ केवल खेलकुदको मंच मात्र नभई सामाजिक चेतना र सामुदायिक उत्थानको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ५५ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको