आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १३ तारिख। सोह्र श्रद्धको सप्तमी श्राद्ध। प्राथमिक उपचार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दीर्घकालसम्म रहने खालका योजना बन्नेछन्। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक काममा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। औषधी नियमित नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। घरजग्गाको कारोबारमा उल्लेखनीय फाइदा हुनेछ। स्वदेशमै रोजगारीको विकल्प प्राप्त हुनेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। सहकर्मी र बन्धुसँगको सहकार्यले लाभ मिल्नेछ। व्यापारमा भने घाटा सहनु पर्ने जोखिम छ र राजनीतिक क्षेत्रमा भ्रष्टाचार मुद्दा लाग्ने खतरा छ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्नेछ। बनाएका योजना कार्यान्वयन हुनेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा योगदानको सम्मान हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। शुभग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन्। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा हुनेछ। परिवारभित्र भने खटपटी बढ्ने जोखिम छ।

कन्या : दिन राम्रो छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी क्षेत्रबाट आम्दानी हुनेछ। अभिभावकको माया प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको महत्त्वपूर्ण अवसर प्राप्त हुने योग छ। लगानी गर्नुपर्ने परिवारको हातबाट गर्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। आम्दानी बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजमा तपाईंप्रति सम्मान बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। फलफूल र कृषि सम्बन्धी व्यापारमा फाइदा हुनेछ। विज्ञसँगको भेटले हरेक क्षेत्रमा उत्साह बढ्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। लगानीका क्षेत्रबाट आम्दानी बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा सफल बन्ने योग छ। विपक्षी साथी बौद्धिक भएकाले तपाईं शान्त भएर बस्नुपर्ने समय छ। अरुको सेवामा मिहिनेत गर्दा आफ्नो दैनिक काममा अवरोध हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु रम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। यात्रामा समय र सम्पत्ति खर्च हुने भएकाले अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। परिवारको सम्बन्ध अनुसार काम गर्नु उपयसुक्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : दिन सामान्य छ। सानो कुरामा मन अशान्त बन्नेछ। साथीभाइले सहयोग नगर्ने जोखिम छ। मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : ०४ बजे

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति