प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला « Khabarhub

प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै जेन–जीलगायत समस्त न्यायप्रेमी जनताको भावनाअनुरूप काम गर्न आग्रह गरेकी छिन् ।

उपप्रमुख डंगोलले प्रधानमन्त्री कार्कीलाई निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा अघि बढ्न सुझाव दिएकी छिन् ।

उनले भनेकी छिन्– ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन–जीलगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो ।’

उनले नयाँ पुस्ताको आकाङ्क्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै गहन जिम्मेवारीलाई सफल ढङ्गले अघि बढाउन पनि आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन्– ‘नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’ 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ११ : २४ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण