जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै « Khabarhub

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जेन-जीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् ।

साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठूला र साना सवारिसाधन चल्न थालेका छन् । आन्दोलनकारीबाट तोडफोड तथा आगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।

असुरक्षाका कारण खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किन थालेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षाको अवस्था सामान्य हुँदै गएकाले आइतबारबाट  सार्वजनिक सेवा अनिवार्य रुपमा सञ्चालन गर्न सूचना जारी गरेको छ । साथै आआफ्नो कार्यालयको क्षति विवरण संकलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको सबै सेवा सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा सूचनामा उल्लेख गरिएको छ । 

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । 

जेन-जीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : २० बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण