राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो | Khabarhub Khabarhub

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई समाजिक सञ्जालमार्फत् सन्देश पठाएर आफ्नो होटलमा आगजनी गरिएको गुनासो गरेका छन् । 

विघटित प्रतिनिधि सभाका सदस्य बजगाईंले शनिबार विज्ञप्ति जारी गरेर प्रतिशोध साँधेर केही व्यक्तिले सामाजिक सञ्जालमार्फत् सन्देश पठाएर बालुवाटारस्थित होटल वर्णबासमा आगजनी गरिएको गुनासो गरेका छन् ।  

‘सेप्टेम्बर ९ मा युवाहरूको पक्षमा मेरो सार्वजनिक समर्थन र निर्दोषमाथि हिंसा गर्न नहुने दृढ विश्वासका बावजुद मेरो होटलमा तोडफोड भयो । 

प्रहरीले पहिल्यै जानकारी दियो कि मेरो नाम विशेष रूपमा लक्षित गरिएको थिएन,’ बजगाईंको गुनासो छ, ‘यद्यपि, मेरो स्थान प्रधानमन्त्रीको निवास नजिकै थियो र सूचनाअनुरूप तोडफोड आगजनी तीब्र हुँदै गर्दा केही अरूलाई दुःख दिँदा आनन्द मान्ने प्रतिशोधीहरूले आन्दोलनकारीलाई मेरो होटल आगजनी गर्न सामाजिक सञ्जालमा सन्देश पठाइरहेका थिए र अपराह्‍न ३ बजे आगजनी गरियो ।’

नेता बजगाईंले आन्दोलनकारीद्वारा क्षति पुर्‍याइएको होटलको पुननिर्माण गरेर पुनः सञ्चालनमा ल्याउने योजना रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सम्पत्तिको केही भागमा आगो लागेको थियो । क्षति महत्वपूर्ण भए पनि म यसलाई जिम्मेवारपूर्वक पुनःनिर्माण गर्ने योजना बनाएको छु, यथासम्भव परियोजना निरन्तरता सुनिश्चित गर्ने प्रयास गर्छु,’ उनले भनेका छन् । 

भदौ २३ मा सुरू भएको जेन–जी आन्दोलनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै असन्तुष्ट नेता बजगाईंले सोही बेलुकी प्रतिनिधि सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । आफूले आन्दोलनको समर्थन गर्दागर्दै पनि होटलमा आगजनी गराइएको उनको गुनासो छ ।

नेता बजगाईंको विज्ञप्तिको पूर्ण पाठ 

देशलाई राष्ट्र बनाउनु छ
प्रिय नेपाली कांग्रेसका सहयोद्धा, भरोसायोग्य मतदाताहरू, देशभक्त न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरू, आज संसद विघटन भएको छ, आजबाट म सांसद रहिन रहेनौँ ।

मैले निरन्तर एकीकृत एकै विनियोजनमा सम्पन्न गर्न सकिने ठूला परियोजना निर्माण गर्न प्रस्ताव गर्दै आएको छु । पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, एयरबेस निर्माण र सैन्य शक्ति सुदृढीकरणमार्फत् गोरखालीको पहिचान पुनर्स्थापनासँगै ३-४ घण्टामै ३२ चक्के लरीहरू उत्तर-दक्षिण दौड्ने राजमार्गहरू निर्माणको अठोटको प्रतिबद्धता प्रकट गर्दै आएको छु । 

सडक सुधारका माध्यमबाट उत्पादन र उद्योगलाई सहज पहुँच दिलाउने, विदेशी वित्तीय संस्थाहरूको आमन्त्रण गर्ने, लगानी प्रवाह सहज बनाउने र नीतिगत भ्रष्टाचार निवारण गर्ने विषयमा पनि पहल गर्दै आएको छु । यसको विस्तृत विवरण मेरो अभिलेखमा सुरक्षित छ र आवश्यक परे फेरि सार्वजनिक गर्नेछु ।


ईसं ७-०८ को समय हो जस्तो लाग्छ, सुधारक भाजपा नेता प्रमोद महाजनको पार्टी दुरुस्त निर्माणको योजनाले मेरो दृष्टि खिच्यो । उनले पार्टीका सदस्यहरूको तीन पुस्ताको चालचलन, आर्जन र पैतृक सम्पत्तिको पूर्ण विवरणहरू सफ्टवेयरमा तस्बिरहरूसमेत ठीक ढंगले राख्दै गरेका थिए । 

मैले त्यस्तै प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गर्न लागेँ । म सामान्य कांग्रेसले दर्ता गर्न लगेको उक्त योजनालाई त्यतिबेलाका शक्तिशाली सह–महामन्त्री र एक महिला नेतृले दर्ता गर्न अनुमति दिइनन् । महाजनको पार्टीमा सक्रिय नेता, समर्थक र सत्ता आरोहण गर्नेहरूको सम्पत्तिको लेनदेन अध्ययन गर्ने प्रस्ताव जस्तै मैले राखेको उक्त प्रस्ताव बन्द गरिदिए ।

अब कांग्रेसको पुनर्गठन गर्नै पर्छ, तर विद्यमान निर्वाचन प्रणालीले पार्टीलाई पूर्ण रूपमा पुनर्ताजगीकरण गर्न सक्दैन । नयाँ उदाउन खोजेका पार्टीहरूमा अन्य दलसहित कांग्रेसबाट विकर्षित युवा धेरै भए पनि उनीहरूमा राष्ट्र निर्माणको निश्चित खाका छैन । कांग्रेसको पुनर्गठनको स्पष्ट खाका म निरन्तर प्रस्तुत गर्दै आएको छु । 

पार्टीमा दर्ज भएका केही राजनीतिकर्मीहरूको उत्थानका लागि म आम समर्थकको बलमा निकै ठूलो समर्पणका साथ सँगै दौडाउन तयार छु । तर मलाई बिर्सिने छैन भन्ने सर्तमा एउटा कुरा सार्वजनिक गर्न मन लाग्यो : संख्याको बलमा संसदमा हुने गठबन्धन, चुनावमा निहित नेताको क्षेत्रमा नयाँ दलबाट एक्लै आशिर्वाद प्राप्त गर्नु, र पछिल्ला समयमा प्रतिस्पर्धी दलसँग भइरहेको अनैतिक-अनाथ्य सहकार्यले समर्थकलाई निरन्तर विकर्षित गराईराख्यो– यी सबै पक्षबाट भइरहेको प्रवृत्ति अब रोकियोस् । यही मेरो चाहना हो ।

पार्टी समर्थकहरूलाई कार्यकर्ता भन्न बन्द गर्नुपर्छ । पार्टीको गुटबन्दीहरूले प्रतिस्पर्धालाई निरन्तर अघि बढाउँछ, तर त्यो स्वस्थ छैन । पार्टीले पछिल्लो समयमा भएका सबै गठबन्धनहरू तोड्दै, राष्ट्र निर्माणको गठबन्धनको नौलो रणनीति आत्मसात गर्न पर्छ । हाम्रो मौलिकता, संस्कृति र सभ्यतासँग अनुकूल हुने गरी देशका सँगको विश्वास उठाउनुपर्छ । फेरी उठाउनु पर्छ, तर एकताले मात्र सम्भव छ । समग्र रूपमा देशको रक्षा शक्ति बलियो बनाउन कांग्रेस सक्षम हुनुपर्छ । अन्यथा, यदि पुनर्गठन भएन भने देशलाई उठाउने कुनै पनि कदम केवल अक्षरमै सीमित हुनेछ ।

सुरुवातको आन्दोलन सेप्टेम्बर ९ मा सुरु भयो । एकदिन अगावै यसको अनुमान गर्न सकिन्थ्यो र मेरो संसदबाट राजीनामा दिने निर्णय साँझ ८ सेप्टेम्बरमै घोषणा गरिसके थिएँ । यस कदममा सरकारको गठबन्धन पार्टीको मात्र नभएर संसदको म मात्र एक सांसद थिएँ, र अरू कसैले यसो गरिसकेको थिएन पछिल्लो समय ९ सप्टेम्बरमा राप्रपा रास्वपाको घोषणा आईरहे र संसद कायम राख्ने मागमा फर्किरहे ।

सेप्टेम्बर ९ मा युवाहरूको पक्षमा मेरो सार्वजनिक समर्थन र निर्दोषमाथि हिंसा गर्न नहुने दृढ विश्वासका बावजुद, मेरो होटलमा तोडफोड भयो । प्रहरीले पहिल्यै जानकारी दियो कि मेरो नाम विशेष रूपमा लक्षित गरिएको थिएन । यद्यपि, मेरो स्थान प्रधानमन्त्रीको निवास नजिकै थियो र सूचनाअनुरूप तोडफोड आगजनी तीब्र हुँदै गर्दा केही क्बमष्कत प्रतिशोधीहरूले आन्दोलनकारीलाई मेरो होटल आगजनी गर्न सामाजिक सञ्जालमा सन्देश पठाइरहेका थिए र अपराह्न ३ बजे आगजनी गरियो । सम्पत्तिको केही भागमा आगो लागेको थियो । क्षति महत्वपूर्ण भए पनि म यसलाई जिम्मेवारपूर्वक पुनःनिर्माण गर्ने योजना बनाएको छु, यथासम्भव परियोजना निरन्तरता सुनिश्चित गर्ने प्रयास गर्छु ।

पूर्व प्रधानन्यायाधीश शुशीला कार्की अहिले प्रधानमन्त्रीका रूपमा स्वीकार गरिएको छ र संसद् विघटन भइसकेको छ । यसैले मेरो राजीनामाले सार्वजनिक जीवनमा रहने मानिसको निर्णय क्षमता अभिवृद्धि गर्न प्रेरित गर्न सक्छ सक्दैन त्यो म भन्न सक्दिन तर म मेरो देशको सेवा गर्न सदैव प्रतिबद्ध छु र सक्दो योगदान पुर्याउने प्रतिबद्धता राख्छु । 

म स्मरण गर्छु, राष्ट्र निर्माता पृथ्वीनारायण शाहले देशलाई हतियारमा आत्मनिर्भर गराएको र जंगबहादुर कुँवरहरूले भोट फत्ते गर्न एकैपटक १४÷१४ हजार सेना, हतियार र जाडोयामको पोशाक ध्ष्लतभच न्भबच मनोहरामा गर्दै मुलुकलाई सुरक्षित राखेका थिए। आजको परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ’पुनर्निर्माण बटालियन’ गठन गर्नु अति आवश्यक छ। देशकै कच्चापदार्थले नेपाली घरहरू कार्यालयहरूको पुनर्निर्माण भए स्वदेशी पैसा खैचिन सकिन्छ यो विषय परिवर्तनकारीको मानसपटलको पठाईन म अनुरोध गर्दछु।

बिद्रोहको परिणामस्वरूप आज जनताको सर्वोच्च प्रतिनिधित्व रहेको संसद् भंग भएको छ, यसका पछाडि भ्रष्टाचार निवारण, छानविन आयोग र सुशासन तैनाथ छन्। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उहाँको नेतृत्वले जनताप्को लोकतन्त्रका सबै समस्याहरूलाई समाधान गर्दै देशको सर्वाङ्गीण विकासका लागि आफ्ना कार्यभार पूरा गर्नु पर्नेछ।

ध्वंस पछिको पुनर्निर्माण र कानूनी शासनको प्रत्याभूति हाम्रा अनिवार्य शर्त हुन्। मैले यत्ति भन्न चाहन्छु कि लोकतन्त्रमा कुनै सम्झौता हुनेछैन। प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।
जय नेपाल
देशभक्त,
राजेन्द्र बजगाईं

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ५५ बजे

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

एजेन्सी– म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी

लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू

काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमपछि लुटपाट र चोरीका घटना बढ्न