वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट | Khabarhub Khabarhub

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ । 

प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पुर्‍याएका छन् । 

वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा दर्जन भवन जलेर नष्ट भएको बताए । 

‘वीरगञ्ज महानगर परिसरमा छ वटा भवन रहेका छन् । तीमध्ये सबैजसो भवन जलेका छन्’, उनले भने, ‘जलेका भवनमा महानगरको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छैनन् ।’

जेन’जी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपि अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन् । 

‘महानगरका विभिन्न शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात तथा कुर्ची टेलब लगायतका फर्निचर आगजनी तथा चोरी गरेर लगेका छन’, उनले भने, ‘कम्प्युटर, प्रिन्टर्स, कम्प्युटरको हार्डड्राइभलगायतका अत्यावश्यक उपकरण चोर्ने र जलाउने दुवै भएका छन् । सबैको व्यवस्थापन गरेर पहिलाकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिन्छ ।’ 

 प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ वटा सवारिसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिए । ‘वीरगञ्ज महानगरमा गत मङ्गलबार साढे १२ बजेपछि आक्रमण गरेर आगजनी तथा नष्ट गर्ने काम सुरुवात भएको थियो’, उनले भने, ‘अहिले महानगरको ९५ प्रतिशत संरचनामा क्षति भएको छ’, उनले भने।

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ वटा सवारिसाधन जलेर नष्ट भएको बताए। 

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याएको एउटा सवारिसाधन जलेर नष्ट भएको छ । एक जना ठेकेदारको एउटा गाडी जलेर नष्ट भएको छ’, उनले भने, ‘तीन वटा विद्युतीय रिक्सा पनि जलेर नष्ट भएका छन् ।’

उनले सवारिसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गरे । यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ । महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ । 

वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ । त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ५६ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी