संसद् विघटनप्रति एमाले असहमत « Khabarhub

संसद् विघटनप्रति एमाले असहमत


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) ले पनि आन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा गरिएको संसद् विघटनको घोषणाप्रति असहमति जनाएको छ। 

एमाले महासचिव शंकर पोखरेलले शनिबार विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै संसद् विघटनको घोषणाप्रति असहमति जनाएका हुन् । 

‘हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसअघि नेपाली कांग्रेसले शुक्रबार राती नै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट संविधान विघटनको विपक्षमा उभिने निर्णय गरेको थियो । 

एमाले विगतमा प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशका लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने सर्वोच्च अदालतको फैसला स्मरण गराएको छ ।

 ‘हाम्रो पार्टी अदालतको सोही व्याख्याअनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ,’ एमालेले भनेको छ । 

एमालेले मुलुकमा उत्पन्न असामान्य परिस्थितिमाझ नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धीहरूको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकोमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : १५ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण