कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा « Khabarhub

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् ।

‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारिसाधन आज बिहानदेखि सञ्चालनमा आएका हुन् । 

‘जेनजी’को प्रदर्शनका कारण गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘आज बिहानदेखि सार्वजनिकलगायत सवारिसाधन सञ्चालनमा आएका छन्’, उनले भने, ‘महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारिसाधन छुट्न थालेका छन ।’

यसैबीच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलबारदेखि लगाइएको कर्फ्यु आइतबार बिहानदेखि पूर्ण रूपमा हट्ने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यू हट्ने उल्लेख छ । शनिबार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ६ : ४६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम