केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल « Khabarhub

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको छ । नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले दर्ता गर्न लागेको जाहेरी नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा दर्ता हुन अलमल भएको हो ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट प्रहरी वृत्तको कार्यालयमा क्षति पुगेकाले जाहेरी दर्तामा अलमल भएको हो ।

यसअघि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक आदेश कार्यान्वयन गर्दै जेनजीको प्रदर्शनमा गोली चलाउँदा प्रदर्शनकारी युवाहरुको ज्यान गएको भन्दै शाहले जाहेरी दिने तयारी गरेका थिए ।

उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको प्रजातान्त्रिक अधिकार रहेको भन्दै आफ्नो प्रजातान्त्रिक अधिकार उपयोग गर्ने निहत्था प्रदर्शनकारीमाथि गोली हानिएको शाहको दाबी छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ३० बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण