प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव « Khabarhub

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।

नेता केसीले विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ मन्त्रिपरिषद्ले आन्दोलनका जगमा निर्माण भएको सरकार भएकाले जिम्मेवारी नबिर्सनु पर्ने उनको भनाइ छ। यस क्रममा उनले पाँच बुँदे सुझाव सार्वजनिक गरेका छन्।

केसीका अनुसार नयाँ सरकारले केके गर्नुपर्छ ?

१. आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे शक्तिशाली र निस्पक्ष छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने।
२. शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी लुटपाट तथा राष्ट्रपति निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार लगायत सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने।
३. अघिल्ला सम्पूर्ण चर्चित भ्रष्टाचार प्रकरणलाई शक्तिशाली आयोगमार्फत छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने।
४. भ्रष्टाचारले कमाइएका रकमलाई निष्क्रिय बनाउन ५०० र १००० रुपैयाँका नोट तुरुन्त बन्द गर्नुपर्ने।
५. विदेशी बैंकमा रहेका सम्पूर्ण रकम स्वदेश फर्काएर विकासमा लगाउनुपर्ने र त्यसको नामावली सार्वजनिक गर्नुपर्ने।

उनले भ्रष्टाचारबाट संचित सम्पत्ति राष्ट्रियकरण र विदेशमा लुकाइएको कालोधन फिर्ता ल्याउनु सरकारको पहिलो जिम्मेवारी हुने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : ०६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम