जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु « Khabarhub

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।

सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल पोखरा –१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । पोखरामा जेनजी प्रदर्शनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।

पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एकरएक जना महिला जलेर निधन भएको अवस्थामा शव फेला परेको थियो । निज दुवै जना कामदार थिए ।

जिल्ला प्रहरी कार्यालयले भने सुरक्षाकर्मीको बल प्रयोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगएको जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, बगर तथा विभिन्न प्रहरी पोष्टहरूमा आगजनी गरेका छन् ।प्रहरी नायब उपरीक्षक बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरूको सरसफाइ गरी सेवा सुरु गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : २४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम