यूएईविरुद्धको रोमाञ्चक जितसँगै नेपालले क्रिकेटमा बनायो शतक विजयको रेकर्ड « Khabarhub

यूएईविरुद्धको रोमाञ्चक जितसँगै नेपालले क्रिकेटमा बनायो शतक विजयको रेकर्ड


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा यूएईमाथि एक रनको रोमाञ्जक जितसँगै नेपालले विश्व क्रिकेटमा सय जितको रेकर्ड बनाएको छ । यो नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो।

विजयको शतक रेकर्ड बनाउँदा नेपालको खेल रोमाञ्चक बनेको थियो । १४१ रनको लक्ष्य पछ्याएको यूएईविरुद्ध नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अद्भूत प्रदर्शन गरे । उनको प्रदर्शनसँगै नेपालले रोचक जित निकालेको हो । नेपालको शतकीय जितमा दीपेन्द्रको प्रदर्शन सम्झनायोग्य बन्यो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले टी-२० र एकदिवसीय गरेर अहिलेसम्म १६८ खेल खेल्दा सय खेलमा जित निकालेको हो । टी-२० मा ६२ र एकदिवसीयमा ३८ गरेर शतक जितको रेकर्ड नेपालले बनाएको हो ।

शतक जित बनेको आइतबारको यूएईविरुद्धको खेलको अन्तिम ओभरमा दीपेन्द्रले आफ्नो बलिङ क्षमता विश्वकै लागि उदाहरणीय ढंगले देखाए । दीपेन्द्रले अन्तिम तीन बलमा लगातार तीन विकेट लिएर यूएईलाई १ रनमा स्तब्ध पारेका हुन् ।

डेथ ओभरको पहिलो दुई बलमा एक रन दिएका दीपेन्द्रलाई तेस्रो बलमा यूएईका ध्रुव परासरले छक्का हानेर चुटेका थिए । तर चौथो बलमा ऐरीकै क्याचमा परासर आउट भए । पाँचौ बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे भने अन्तिम बलमा तीन रन जोड्न नसक्दा यूएई एक रनले हारेको हो । तीन रनका लागि दौडिएका यूएईका जुनैद्ध सिद्धिकी दोस्रो रन पूरा गर्न लाग्दा रोहित पौडेलको थ्रोमा रनआउट भएका हुन् ।

यूइईविरुद्धको यो जित मात्र नभएर नेपाली क्रिकेटको शतकीय विजयको एउटा कोशेढुंगा बनेको छ । विश्वकप छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए ।

उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : २२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले