पाँचथर फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै | Khabarhub Khabarhub

पाँचथर फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।

गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनीयर मुकेश शाहले जानकारी दिए ।

यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारी रहेका सवारीसाधनले यात्रुलाई गन्तब्यसम्म पु¥याउँदै आएका छन् ।

यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम–११ का लोकबहादुर बुढाथोकीको भनाइ छ । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ५७ बजे

नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक

काठमाडौं- गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक

केरा बिक्री नहुँदा किसान चिन्तित

दाङ– राप्ती गाउँपालिका– ७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा

स्वस्तिमा खड्का बनिन् इनड्राइभको ‘ब्रान्ड एम्बेसडर’

काठमाडौं– इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई

यी हुन् गाजाबाट मुक्त हुने २० जीवित इजरायली बन्धक

जेरुसेलम – सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा