माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा « Khabarhub

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।

झिलीमिली  बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका– ५ का ध्रुव रायले बताए ।

दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने कुमालेहरू अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुँडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका– ६ का कुमाल गणेश पण्डितले बताए ।

पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुँडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका– ४ का कुमाल विजय पण्डितले बताए ।

पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरू बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका– १ का कुमाल सुरेन्द्र पण्डितले बताए । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडाहरू तराई मधेसमा मात्रै नभएर काठमाडौं, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।

माटोका सामग्रीहरू बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरू आउन नचाहने गौशाला नगरपालिका– ६ का कुमाल वीरजु पण्डितले बताए ।  सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुँडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरूले जसोजतो ती सामग्रीहरू बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका– ७ का पूर्वशिक्षक सुशील यादवले बताए । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ५५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार