तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै « Khabarhub

तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको जावलाखेलमा तिहारको अवसरमा पाँच दिन गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।

यो वर्षको फूल प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

बृहत् गोदावरी फूल प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल रहने छन् । अफिसियल, प्रतियोगितात्मक, सेल्फी र प्लान्ट क्लिनिक गरेर कुल ९० वटा प्रदर्शनी कक्ष रहने आयोजकले जनाएका छन् । २०५१ सालदेखि लगातार पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनको यो १८ औँ प्रतियोगितात्मक प्रदर्शनी हो ।

प्रदर्शनीमा नर्सरीले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्कृष्ट स्टलतर्फसमेत प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेले शिल्ड नगद र प्रमाणपत्र पाउँने छन् ।

प्रदर्शनीको उद्घाटन असोज २९ गते बुधबार बिहान ११ बजे जावलाखेल मैदानमा हुने कार्यक्रम तय भएको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द्रप्रसाद शर्माले गर्नेछन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले प्रदर्शनीको अवलोकनका लागि सबैलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवम् मेला संयोजक सुमन महर्जन, महासचिव हीरामणि शर्मालगायत कार्यसमिति सदस्य र व्यवसायीको उपस्थिति थियो ।

२०११ सालमा सामान्य स्तरबाट सुरु भएको पुष्प व्यवसाय अहिले व्यापक बनेको छ । नेपालका ७७ मध्ये ५२ जिल्लामा पुष्प व्यवसाय हुने गरेको छ । लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुँदै आएको छ । अहिले पुष्प व्यवसायको अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढी रहेको छ । यो व्यवसायमा ५३ हजार पाँच सय बढी जनशक्तिले रोजगारी पाएको एसोसिएसनको तथ्यांकमा उल्लेख छ ।

नेपालमा उत्पादन भएको पुष्पबाहेक १० देखि १५ प्रतिशत मात्र आपूर्ति हुने गरेको व्यवसायीको दाबी छ । सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयन नगर्दा केही नीतिगत समस्या रहेको एसोसिएसनले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ०२ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न