स्वस्तिमा खड्का बनिन् इनड्राइभको ‘ब्रान्ड एम्बेसडर’ « Khabarhub

स्वस्तिमा खड्का बनिन् इनड्राइभको ‘ब्रान्ड एम्बेसडर’


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा’ पनि सार्वजनिक गरेको छ ।  

कम्पनीका अनुसार यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर (पी२पी) मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् । 

इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले भने, ‘हाम्रो ३६०°  क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईँकै रोजाइमा’ ले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ । नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो । उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरू इनड्राइभको दर्शनसँग पूर्णरूपमा मेल खान्छ ।’

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्,’इनड्राइभ सधैं समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरूलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको छ । यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरूले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन् भन्ने हामी चाहन्छौँ ।’

त्यस्तै ब्रान्ड एम्बासडर खड्काले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,’इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बेस्डरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एक अर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मन पर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैँ पनि अत्यन्तै विश्वास गर्छु ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३६ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व