केरा बिक्री नहुँदा किसान चिन्तित « Khabarhub

केरा बिक्री नहुँदा किसान चिन्तित


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दाङ– राप्ती गाउँपालिका– ७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष भएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।

बजारमा दर्जनलाई १२० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने २५  रुपैयाँमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । ‘यो साल केरा बिक्री नहुँदा कारोबार घटेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ’, उनले भने । थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनको भनाइ छ ।

उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने उनको भनाइ छ । उनले गएका वर्षहरूमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताए ।

राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदीले अघिल्ला वर्षहरूमा सवा करोड रुपैयाँसम्मको कारोबार गर्ने र जसबाट ३० लाख रुपैयाँसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उनले बताए । राप्ती केरा प्रवर्द्धन कृषक समूहमा राप्ती गाउँपालिका– ७ भित्रका व्यवसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा १० लाख रुपैयाँ कम आम्दानी हुने उनको आकलन रहेको छ ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लक्षित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउँछन् ।

उनले पनि व्यवसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनको छ । 
यस्तै, सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताइन् । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले दुखेसो गरिन् । केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ ।

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मुसुरो खेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको किसानको भनाइ छ ।

मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर २५० देखि ५०० रुपैयाँमा एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ५३ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन