मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक « Khabarhub

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ ।

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेश सभाहल र प्रदेशसभा सचिवालय भवन ध्वस्त भएपछि तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । 

जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । 

‘अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ’, सचिव पौडेलले भने, ‘सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ ।’ सम्भवत छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ । 

हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङ्गरोगन गरिरहेको छ । बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए । 

आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरहरूबाट काम सुरु गरिएको उनको कथन छ । 

असोजको अन्तिमतिर प्रदेशसभा बस्ने तयारी 

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही असोजको अन्तिमतिर बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार दिपावली, तिहारभन्दा अघि नै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको केन्द्रीय तहमा बैठकहरू भइरहेकाले बैठकको मिति तय हुन नसकेको उनले बताए । 

प्रदेश सरकार र प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहनु भएको र उहाँसँगको परामर्शपश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलको भनाइ छ ।  

सभामुखमा सत्तारुढ र प्रतिपक्षको दाबी 

बागमती प्रदेशसभाको सभामुख पदमा सत्तापक्ष र प्रतिपक्षले दाबी प्रस्तुत गर्ने भएको छ । जेन-जी आन्दोलनको क्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका छन् । 

असोज १ गते उपसभामुख अपसारा चापागाईंलाई राजीनामापत्र बुझाएकी थिइन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन । अब बस्ने प्रदेशसभाको बैठकले सभामुख पाठकको राजीनामा स्वीकृत गर्दै नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए । 

सभामुख चयनको प्रक्रिया सुरु हुने भएपछि सभामुखमा सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्ष दल नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । 

केही दिनअघि बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । 

अर्को सत्तारुढ दल एमालेले सभामुखमा दाबी गर्ने बताएको छ । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले सभामुख आफ्नो दलले पाउनुपर्ने तर्क एमालेका नेताहरूको छ ।  

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले रिक्त रहेको बागमती प्रदेशसभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार अहिले रिक्त रहेको सभामुख पदमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गर्ने र त्यसका लागि प्रदेशसभाका प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ । रासस

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : १३ बजे

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

म्याग्दी– म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५

स्रोतको अभावबीच ऋण लिएर ब्याज तिनुपर्ने अवस्था कसरी हटाउलान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा