इजरायली जेलमा रहेका ९ सय ६६ प्यालेस्टाइनी सोमबार रिहा हुँदै « Khabarhub

इजरायली जेलमा रहेका ९ सय ६६ प्यालेस्टाइनी सोमबार रिहा हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गाजासिटी- इजरायलले पक्राउ गरेका एक हजार ७१६ जना प्यालेस्टिनीहरू सोमबार गाजाको नासेर अस्पतालमा रिहा हुने भएका छन् ।

उक्त अभियानसँग संलग्न एक अधिकारीले रोयटर्सलाई बताएअनुसार इजरायली जेलमा आजीवन कारावास काटिरहेका २५० जना प्यालेस्टिनीहरूलाई सोमबार वेस्ट बैंक, जेरुसेलम र विदेशमा रिहा गरिने अपेक्षा गरिएको छ।

यसबीच, हमासको सैनिक शाखा इज्जुद्दिन अल–कस्साम ब्रिगेडले भने सोमबार बिहान पहिलो सातजना इजरायली बन्धक मुक्त गरिँदै गर्दा आफ्नो भनाइ सार्वजनिक गरेको छ । ‘इजरायल सैन्य दबाबमार्फत बन्धकहरू फिर्ता ल्याउने प्रयासमा असफल भएको छ’, उसले भनेको छ, ’अहिले उसले आत्मसमर्पण गरेको हो।’

हमासले थप आफूहरू सम्झौता र त्यससँग सम्बन्धित तालिकाहरूको पालनामा प्रतिबद्ध रहेको जनाएको छ । कब्जाधारी (इजरायल) ले सहमति पालना गर्ने नगर्ने कुराको पनि आफूहरूले निगरानी गर्ने उसले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३२ बजे

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख