परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन | Khabarhub Khabarhub

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२३ अक्टोबर ७ तारिखदेखि गाजास्थित विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे अझै प्रष्ट खुल्न नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमासले बन्धकमध्ये सातजनालाई पहिलो चरणमा रिहा गरिसकेको अवस्थामा नेपाली २४ वर्षीय युवक विपिनको मृत्यु भएको समाचार आइरहेका बेला परराष्ट्रले यसो भनेको हो ।

‘इजरायलस्थित नेपाली राजदूत त्यहाँको सरकार र सेनासँग नियमित सम्पर्कमै हुनु हुन्छ’, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सहसचिव लोकबहादुर चौहान क्षत्रीले खबरहबसँग भने, ‘अहिलेसम्म इजरायल सरकारले विपिन जीवित रहेको या मृत्यु भइसकेको केही खुलाएको छैन ।’

उनका अनुसार इजरायलस्थित राजदूत धनप्रसाद पण्डितलाई त्यहाँको सेनाका एक अधिकारीले विपिनको अवस्था जीवित या मृत प्रष्ट नखुलेको खबर दिएका थिए ।

‘तर हमासले रिहा गर्ने २० जना जीवितको सूचीमा विपिनको नाम नभएकाले केही संशय भने पैदा भएको छ’, उनले भने, ‘अहिले हामी इजरायली सरकारको औपचारिक सूचनाको प्रतिक्षामा छौँ । त्यहाँको सरकारले औपचारिक जानकारी नदिई यति गम्भीर विषयमा निर्णय गर्नु हतार हुन्छ ।’

यदि विपिनको मृत्यु नै भइसकेको भए पनि इजरायल सरकारको आधिकारिक सूचना कुरिरहेको उनले बताए ।

यसअघि इसरायली डिफेन्स फोर्स (आईडीएफका) एक अधिकारी नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएको समाचार भाइरल भएको थियो । आईडीएफले विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई यो जानकारी दिएको बताइए पनि विपिनका बुवाले नै यसलाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २४ बजे

बस्नेतको ‘सिमसारा’लाई दुई लाखको विमल गुरुङ कृति पुरस्कार दिने घोषणा

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३

नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका

विमानस्थलबाट गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं–  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित

जयासँग सम्बन्ध विच्छेदबारे यसो भन्छन् अमिताभ

काठमाडौं– सन् १९७०/८० को दशकमा बलिउड पर्दा मात्र होइन, वास्तविक