बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना  « Khabarhub

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना 


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बेल्जियम– बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार,नेपाल सम्वत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो । 

विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कविता सिंखडा दाहालले जानकारी दिइन् । यस्तै नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष रमेश दाहाल र कासी दनै तथा संस्थाको विकासमा सहयोग गर्दै आएका गणेश अधिकारी, दामु अधिकारी, ललितकुमार पोखरेल, चित्र सुवेदी, गणेश गैह्रे, युद्धबहादुर थापालगायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुशीला खतिवडा, पूर्वअध्यक्ष दीपक न्यौपानेसहित उपस्थित थिए । संस्थाका सल्लाहकार चित्र सुवेदीले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएका थिए । 

कार्यक्रममा जेन-जी आन्दोलन र हालै नेपालमा गएको बाढीपिहरोमा परी ज्यान गुमाएकाहरूको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने सामूहिक कामना गरिएको थियो । 

अध्यक्ष कान्ति अधिकारी,पूर्वअध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष खतिवडा र सल्लाहकार सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए । 

एन्त्रोपमा सामाजिक क्रियाकलापमा सक्रिय उक्त संस्थाले नेपालीहरुबीच भाइचारा सम्बन्ध विकास, संस्कृति प्रवर्द्धनका साथै नेपालमा दैवीप्रकोप उद्धार,ज्येष्ठ नागरिक, घरबारविहीन तथा क्यान्सरपीडित नेपालीहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : २० बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका