फिल्म ‘मुगलान’ पुस १० देखि प्रदर्शनमा आउने « Khabarhub

फिल्म ‘मुगलान’ पुस १० देखि प्रदर्शनमा आउने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मुगलान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार फिल्मको फ्रस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुस १० लाई तय गरिएको जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका शीर्ष कलाकार नायक प्रभात पाल र नायिका स्मारिका ढकाल फिचर्ड गरिएको छ ।

उनीहरुको पहिरनले फिल्म ग्रामिण परिवेशको कथामा बनेको संकेत गर्छ । स्मारिका कुर्तामा छिन् भने कोठे सर्ट लगाएका प्रभावतको शिरमा भदगाउँले टोपी छ । उनले बाँसुरी बजाइरहेका छन् ।

यो पोस्टरले यी दुई फिल्ममा प्रेमजोडीको भूमिकामा रहेको संकेत गर्छ ।

यस फिल्ममा यी दुईसहित श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, खड्कबहादुर पुन मुख्य भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

रेहान प्रोडक्सनको ब्यानर बनेको यस फिल्मको लेखक र निर्देशक आशिष ढकाल हुन् । फिल्ममा गोमन सिंहको लगानी रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको