फिल्म ‘मुगलान’ पुस १० देखि प्रदर्शनमा आउने « Khabarhub

फिल्म ‘मुगलान’ पुस १० देखि प्रदर्शनमा आउने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मुगलान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार फिल्मको फ्रस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुस १० लाई तय गरिएको जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका शीर्ष कलाकार नायक प्रभात पाल र नायिका स्मारिका ढकाल फिचर्ड गरिएको छ ।

उनीहरुको पहिरनले फिल्म ग्रामिण परिवेशको कथामा बनेको संकेत गर्छ । स्मारिका कुर्तामा छिन् भने कोठे सर्ट लगाएका प्रभावतको शिरमा भदगाउँले टोपी छ । उनले बाँसुरी बजाइरहेका छन् ।

यो पोस्टरले यी दुई फिल्ममा प्रेमजोडीको भूमिकामा रहेको संकेत गर्छ ।

यस फिल्ममा यी दुईसहित श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, खड्कबहादुर पुन मुख्य भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

रेहान प्रोडक्सनको ब्यानर बनेको यस फिल्मको लेखक र निर्देशक आशिष ढकाल हुन् । फिल्ममा गोमन सिंहको लगानी रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३४ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी