जेन-जी आन्दोलनबारे न्यूयोर्क टाइम्स : ‘राष्ट्रव्यापी, सुनियोजित, विध्वंशकारी’ आक्रमण « Khabarhub

जेन-जी आन्दोलनबारे न्यूयोर्क टाइम्स : ‘राष्ट्रव्यापी, सुनियोजित, विध्वंशकारी’ आक्रमण


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिष्ठित न्यूयोर्क टाइम्स अखबारले भदौ २४ का दिन देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । आइतबार एक खोजमूलक सामग्री प्रकाशित गर्दै टाइम्सले देशभर भएका आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो ।

अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आम बुझाइ छ । यद्यपि आफ्नो अनुसन्धानमा यस बुझाइमा आशङ्का गर्ने ठाउँ रहेको टाइम्सले उल्लेख गरेको छ ।

अखबारले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगलगीविदसँगको कुराकानी, घटनाका भिडियो र तस्बिरको विश्लेषण तथा घटनास्थलमा टाइम्सका प्रतिनिधिको भ्रमणपछि उक्त सामग्री प्रकाशित गरेको हो । समाचारमा यस्तो ‘राष्ट्रव्यापी सुनियोजित विध्वंशकारी आक्रमण’ बारे नयाँ विवरणको खुलासा हुने र ती घटना स्वस्फूर्त भएकोमा आशङ्का उत्पन्न हुने उल्लेख गरिएको छ ।

भदौ २३ गते प्रदर्शनमा गोली चलेको केही घण्टालगत्तै ‘प्रयोग गर्न तयार सूची’ अनलाइनमा सार्वजनिक हुन थालेको थियो । ती सूचीमा भ्रष्टाचार र नातावादको सञ्जालमा आबद्ध रहेको ठानिएका समाजका सदस्यको निजी विवरण समावेश थिए ।

भोलिपल्टको दिउँसो ती मानिसको आवासमा आगो लाग्न थालिसकेको थियो । नेपालको कार्यकारी, व्यवस्थापिका र न्यायपालिका शाखालाई पनि आगोले निलिसकेको थियो । न्यूयोर्क टाइम्सले यसलाई केही घण्टाको अवधिमा सयौँ हवाइ आक्रमणसँग तुलना गरेको छ ।

‘संगठनात्मक क्षमताबिना तपाईँले छोटो समयमा यति धेरै भवनमा आगो लगाउन सक्नुहुन्न ।’ एण्ड्रियू मूर एण्ड एशोसिएट्सका वरिष्ठ आगजनी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भनेका छन् , ‘यसका लागि हप्तौँ वा महिनाको योजना चाहिन्छ ।’

नेपाल प्रहरीको फोरेन्सिक प्रयोगशालाका प्रमुख पवन ढुङ्गाना अघिल्लो महिना भएको आगजनीको अनुसन्धान गर्न उनका टिमका कसैलाई पनि डाकिएको छैन । उनको प्रयोगशालामा परीक्षणका लागि हालसम्म कुनै पनि नमूना ल्याइएको छैन । उनका आगोका भग्नावशेष अब अप्रासङ्गीक भइसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ३० बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका