हमासले २० जना जीवित बन्धक रिहा गर्‍यो, विपिनको अझै खोजी हुँदै « Khabarhub

हमासले २० जना जीवित बन्धक रिहा गर्‍यो, विपिनको अझै खोजी हुँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ ।

सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्।

यससँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाबारे अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन ।

उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताएअनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् ।

तर अहिलेसम्म उनी जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल (आईडीए) र रेडक्रसले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ ।

मुक्त गरिएका २० जना बन्धक

एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल। एभ्यातार डेभिड, गाइ गिल्बोआ–दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ०३ बजे

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक